मंसिर १३ गते २०८०
01:33: PM
मंसिर १३ गते २०८०
01:33: PM

माण्डवी गाउँपालिका अध्यक्षमा नेकपा एमालेलेले फेरी रोकालाई नै दोहारोउने

वैशाख ६ गते २०७९
5:34 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 स्वर्गद्धारी अपडेट , प्यूठान । प्युठानको माण्डवी गाउँपालिका अध्यक्षमा नेकपा एमालेले अहिलेका गाउँपालिका अध्यक्ष समेत रहनु भएका युवा नेता श्रीधर रोकालाई नै पुनस् दोहोर्‍याउने संकेत गरेको छ।उनलाई अध्यक्षमा पुन दोहोर्‍याउन पार्टी नेतृत्व सहमति नजिक पुगेको पार्टी स्रोतले बताएको छ।र‍ोकाले गत २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नवराज अधिकारी रोसनलाई १२ मतान्तरले पराजित गर्नु भएको थियो। गाउँपालिका उपाध्यक्षमा भने माओवादी नेतृ मुगा पुन प्रतीक्षा निर्वाचित हुनु भएको थियो।५ वटा वडा रहेको गाउँपालिकामा गत निर्वाचनमा नेकपा एमाले २,नेकपा माओवादी केन्द्र २ र नेपाली काङ्ग्रेसले १ वडामा वडा अध्यक्ष सहितका अन्य पदमा विजय हासिल गरेको थियोे ।पाँच वर्ष सम्म माण्डवी गाउँपालिकाको नेतृत्व गर्ने अवसर प्रदान गर्ने आम गाउँपालिका वासीलाई उहाँले धन्यवाद प्रकट गर्दै फेरि पनि नेतृत्व लिने मौका दिन आह्वान समेत गरेका छन । आफुले ५ वर्ष सम्म गाउँपालिकाको नेतृत्व गर्दा जनताका प्रत्यक्ष माग,आवश्यकता र समस्यालाई हितमा राखी सिमित स्रोत तथा साधनको परिचालन मार्फत समग्र गाउँपालिकालाई समृद्ध र नमुना बनाउन सफल भएको र जसको आम गाउँपालिका वासीहरुले सहजै महसुस गरेको उहाँको दावी छ।५ वर्षे कार्यकालमा शिक्षा,स्वास्थ,कृषि ,खानेपानी,पुर्वाधार विकास,रोजगारी तथा सामाजिक विकास सहितका अन्य क्षेत्रमा समेत उल्लेख्य परिवर्तन भएको उनले बताएका छन ।तत्कालिन २०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चा सहित गठवन्धन वनेको थियो भने नेकपा एमाले र माओवादी केन्द्र एक्ला एक्लै प्रतिष्पर्धा गरेका थिए । नेकपा एमालेले विभिन्न ४ वटा वडाहरुमा वडा अध्यक्ष सहितका अन्य पदका लागि उम्मेदवारको टुंगो लगाई सकेको छ।जस अनुसार वडा नं ४ उदयपुरकोटमा वर्तमान वडा अध्यक्ष समेत रहनु भएका हेमराज वलीलाई नै दोहोर्‍याउने पार्टी नेतृत्वमा सहमति जुटेको छ।उता गठवन्धनले भने कुनै पनि तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।स्रोतका अनुसार आकाङ्क्षीहरु धेरै भएकाले ठोस सहमति जुट्न नसकेका कारण गठवन्धन अझै अलमलमा रहेको स्रोतको भनाइ छ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page