मंसिर १३ गते २०८०
02:12: PM
मंसिर १३ गते २०८०
02:12: PM

मच्छि र ढाँडा बजारका ६२ पसलमा अनुगमन

वैशाख ५ गते २०७९
8:12 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । जिल्लाको झिमरुक गाउपालिकामा रहेका पसलहरुको सोमबार अनुगमन गरिएको छ । मच्छि बजार र ढाँडा बजारमा सञ्चालनमा आएका ६२ पसलहरुको एक टोलीद्धारा अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय प्युठानको पहलमा जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेको नेतृत्वमा साना तथा घरेलु उद्योग कार्यालयका प्रतिनिधि , उद्योग वाणिज्य संघ प्युठानका प्रतिनिधि , पत्रकार महासंघका प्रतिनिधि तथा जिल्ला प्रहरी कार्यलयका प्रतिनिधि लगायतको टोलीले अनुगमन गरिएको नेपाल पत्रकार महासंघ प्यूठानका सहसचिव रमेश गीरीले जानकार िदिएका छन । अनुगमनका क्रममा म्याद सकिएका , सडेगलेका सामानहरू फेला परेका थिए । म्याद सकिएका सडेगलेका सामग्रीहरुको जफत गरि नष्ट गरीएको छ । दर्ता विना नै अबैध रूपमा सञ्चालनमा रहेका पसलहरूलाई सरकारी मापदण्ड अनुसार दर्ता गरि पसल संचालन गर्न सल्लाह दिएको थियो । अटेर गरि दर्ता प्रक्रियालाई वेवास्था गरेमा कानुनी कार्यावाहि गर्ने चेतावनी पनि दिईएको थियो । प्युठान जिल्लाका सबै व्यापारिक केन्द्रमा गई अनुगमन गर्ने तयारी रहेका प्रमुख जिल्ला अधिकारी शुनिता नेपालले जानकारी दिएकी छिन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page