असाेज ९ गते २०८०
08:25: AM
असाेज ९ गते २०८०
08:25: AM

प्युठानमा चैते धान खेतीको रोपाइ सुरु ९ सय बढी रोपनिमा धान रोपिदै

वैशाख ५ गते २०७९
7:35 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । प्युठानको बिभिन्न ठाउँमा चैते धान खेतीको रोपाई सुरु गरिएको छ । चैते धान पकेट क्षेत्र रहेको प्यूठान नगरपालिका वडा नं २ क्वाडी , मरण्ठाना गेजबाङ सारीबाङ र ऐरावती गाउपालिकाको हारिपाटारी र वडा नं. ५ को गोठीबाङमा ९ सय रोपनी भन्दा बढी क्षेत्रफलमा धान रोपिदैछ । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई प्यूठानको प्राबिधिक सहयोगमा चैते धान रोप्न सुरु गरिएको हो । प्यूठानको केहि ठाउँमा गत बर्ष बाट सुरु गरिएको चैते धानको उब्जनी राम्रो भएपछि कृषहरुको पनि चैते धान प्रति आकर्षण देखिएको प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमान गीरीले बताए । चैते धान गत बर्ष करिब ५ सय रोपनिमा लगाइएको थियो । गत बर्ष एक रोपनि जग्गामा कम्तिमा पनि ८ मुरी धान उत्पादन भएको गीरीले बताए । चैते धान रोपाई प्रति कृषक उत्साहजनक रूपमा लागेका छन् । प्यूठान मरण्ठानाकी कृषक सिवा गिरीले गत बर्ष राम्रो उत्पादन भएको बताउदै खुशि ब्यक्त गरेकी छिन । त्यस्तै प्यूठान नगरपालिका २ का कृषक किशोर बिष्ट पनि अहिले चैते धान रोप्नमा ब्यस्त देखिएका छन । उनले गत बर्ष आफुले सोचे भन्दा राम्रो उत्पादन भएपछि यस बर्ष पनि धान रोपेको बताएका छन । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई प्यूठानले बिउ उपलब्ध गराएको छ । यस बर्ष जिल्लामा चैते ५ र हर्तिनाथ ३ जस्ता जातको धान रोपिएको छ ।

रिप्लाई गर्नुहोस