आुज पछाई ,प्यूठान । आसन्न स्थानिय तहको चुनाबको लागी प्यूठानको माण्डबी गाउँपालिकामा सत्तारुढ गठबन्धनमा आबद्ध दल र विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल भएको छ ।
सोमबार बसेको बैठकले भागबण्डा पनि टुंग्याएका छन् ।
माण्डबी गाउँपानलिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार उठाउने सहमति गरेको छ ।
सहमति अनुसार अध्यक्षमा माओवादीले नवराज अधिकारी रोसनलाई उम्मेद्वार बनाउने छ । त्यस्तै विप्लवको दलले वडा नं.१ र ४ मा वडाध्यक्ष पाउने भएको छ । वडा नं.२ मा कांग्रेस, ३ मा माओवादी केन्द्र र ५ मा राष्ट्रिय जनमोर्चाले वडाध्यक्ष पाएको छ ।