पाल्पामा ७० वर्षीया वद्ध महिला वलात्कृततानसेन । पाल्पामा ७० वर्षिया बृद्ध महिला माथि बलात्कार भएको छ । रिब्दीकोट गाँउपालिकाको भैरवस्थान मन्दिर नजिकै ती महिला बलात्कृत भएकी हुन् ।तानसेन नगरपालिकामा बस्दै आएकी ती बृद्ध महिलालाई रिब्दीकोट ४ भैरमस्थानका २७ वर्षिय स्थानीय संजय सुनारले बलात्कार गरेको प्रहरीले जनाएको छ । ४ गते मध्यराती १२ः३० बजे बलात्कार भएको सूचनाका आधारमा संजयलाई पक्राउ गरि अनुसन्धान थालिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जनाएका छन् ।पाल्पामा पछिल्लो समय बलात्कारजन्य घटना बृद्दी भएको प्रहरीको तथ्याँकमा देखिएको छ ।