फागुन १० गते २०८०
07:05: AM
फागुन १० गते २०८०
07:05: AM

एसईई आउँदो शुक्रवारदेखि ः प्यूठानमा ४ हजार २६३ जना बिद्यार्थीहरु परीक्षामा सहभागी हुदै

वैशाख ५ गते २०७९
6:47 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । प्यूठान जिल्लामा १६ वटा परीक्षा केन्द्रमा एस इइ परीक्षा सञ्चालन हुनेछ । जिल्लामा यस पटक ४ हजार २६३ जना बिद्यार्थीहरु परीक्षामा सहभागी हुदै छन । राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा विकास तथा समन्वन इकाई प्रमुख शिवराज पण्डितले बताएका छन । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री जिल्लाको १६ वटै पुगिसकेको उनको भनाई छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । देशभर परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन् । ७ वटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।नियमित तालिका अनुसार चैतमा एसईई हुँदै आएको थियो । सरकारको निर्णय अनुसार वैशाख ३० गते पालिका चुनाव हुने भएकाले त्यसअघि नै परीक्षा गर्ने गरी बोर्डले मिति तय गरेको थियो । यसअघिका दुई शैक्षिक वर्षमा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page