मंसिर १२ गते २०८०
06:05: PM
मंसिर १२ गते २०८०
06:05: PM

ऐरावतिका चार घारमा आगालागी ः २५ लाख बराबरको क्षति अग्निपिडितलाई सहयोग

वैशाख ५ गते २०७९
6:34 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान ।जिल्लाको ऐरावती गाउपालिकाको ४ घरमा आगालागी भएको छ । सनिबार साझ करिब ५ बजेको समयमा ऐरावति गाउपालिका वडा नं. ४ तिलकेनी निवासी दुर्गा बहादुर खडकाकोे घरबाट सल्किएको आगोले छिमेकी तीन घरमा पनि क्षति पुर्याएको छ । खड्काको कुसले छाएको घरमा ज्ञान बहादुर गुरुङ बस्दै आएका थिए । खडकाको घर जलेर नष्ट हुनुको साथै गुरुङले पालेको १९ वटा खसीबोका जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता तथा प्रहरी निरीक्षक देबी प्रसाद गैरेले जानकारी दिएका छन । त्यस्तै छिमेकी गीर बहादुर खत्री , डिल बहादुर गुरुङ र शान्ता गुरुङको घर पनि जलेर नष्ट भएको छ । गीर बहादुर गुरुङको पनि ३ वटा खसी बोका जलेर नष्ट भएका छन । आगालागीबाट मानबिय क्षति भने भएको छैन । चार वटै परिवारको गरेर करिब २५ लाख बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । सनिबार साझ स्थानिय तथा प्रहरीको सहयोगले आगो निभाउने प्रयास गरिएता पनि पूर्ण रुपमा आइतबार बिहान मात्र आगो नियन्त्रणमा आएको बताइएको छ । आगोलागीको कारण भने खुलेको छैन । यसैबिच आइतबार प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्धारा प्रती घर परिवार रु. १५ हजार रुपैया र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठान को तर्फवाट १ सेट भाडा ,लत्ता कपडा, पि म्याट ब्ल्यान्केट राहत प्रदान गरिएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page