मंसिर १३ गते २०८०
03:08: PM
मंसिर १३ गते २०८०
03:08: PM

‘ए मेरो हजुर ४’ र ‘केजीएफ –२’ प्रदर्शनमा

वैशाख २ गते २०७९
11:18 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
  काठमाडौं । बिहीबारदेखि नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ नेपाली सिनेमा हलमा प्रदर्शनमा आएका हुन् ।अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मुख्य भूमिका रहेको ‘ए मेरो हजुर ४’ले प्रेमकथा प्रस्तुत गर्छ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्म नयाँ वर्षको अवसर पारेर रिलिज भएको हो । फिल्मले सन्तोषजनक ओपनिङ गरेको बताइएको छ । बहुप्रतीक्षित कन्नड फिल्म ‘केजीएफ(२’ मा साउथ स्टार यश केन्द्रीय भूमिकामा छन् । फिल्ममा सुनखानीको कथामा आधारित एक्सन फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । नेपाली हलमा पनि आक्रामक ओपनिङ गरेको फिल्मका लागि बिहान ३ बजेदेखि मध्यरातसम्मका शो छुट्याइएको छ ।‘केजीएफ(२’मा यशका अलावा सञ्जय दत्त, रविना टण्डन, प्रकाश राज लगायतको मुख्य भूमिका छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page