मंसिर १३ गते २०८०
03:12: PM
मंसिर १३ गते २०८०
03:12: PM

झिमरुककोअखिल क्रान्तिकारी अध्यक्षमा सन्दिप केसी निर्वाचीत

कार्तिक १९ गते २०८०
10:45 PM
Author Avatar
सन्तोष सुनार


प्युठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी झिमरुक गाउँपालि प्युठानको अध्यक्षमा सन्दिप केसी सर्वसम्मत निर्वाचित भएका छन।

आईतवार अखिल क्रान्तिकारी झिमरुक गाउँपालिका कमिटीको आयोजनामा भएको एक कार्यक्रम विच पालिकाको तेस्रो सम्मेलनबाट सन्दिप केसी सहितको ४५ सदस्यीय पालिका कमिटी निर्वाचित भएका हुन । सम्मेलनबाट उपाध्यक्षमा प्रविन खत्री,गीता शर्मा र सुवास जिसी ,सचीवमा ओम बहादुर पुन, सहसचीवमा अनिता एमसी,प्रकाश विक,विपना कुवँर र कोषाध्यक्षमा अनिता केसी निर्वाचित भएको आयोजकले जनाएको छ ।

अखिल क्रान्तिकारी जिल्ल अध्यक्ष प्रेम श्विक्रमाले झिमरुकमा तेस्रो पालिका अधिवेशन सोचे भन्दा राम्रो र विद्यार्थीहरुमा क्रियाशील तथा स्वरुपमा विद्यार्थीको हक अधिकारको लागी निरन्तर लड्ने विद्यार्थीहरुले अखिल क्रान्तिकारी भएको विचाहरु व्यक्त गर्दा आफुले गर्व लागेको बताउदै निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना समेत दिएका दिएका हुन ।

अखिल क्रान्तिकारी झिमरुक गाउँपालिकाको संयोजक सम्भु सुनारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसी, नेकपा (माओवादी)केन्द्र झिमरुक गाउँपालिकाका अध्यक्ष झक बहादुर जीसी,अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समिति सदस्य दशरथ जिसि,लुम्बिनी प्रदेश निवार्चन क्षेत्र (ख)का सचीव तुलस बस्नेत , माओवादि केन्द्र लुम्बिनी प्रदेश सहल्लाकार समिति सदस्य श्रीकृष्ण रिजार,माओवादि केन्द्र जिल्ला समिति सदस्य ग्रिस कुमार रसाइली ,पार्टीका नेता तथा विद्यार्थी नेताहरु, जिल्ला सदस्य एवं मा.वी इकाई कमिटिका पदाधिकारीमा रहेका विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन अखिल क्रान्तिकारीका जिल्ला सचीव गिर बहादुर विकले गर्नुभएको थियो।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page