मंसिर १३ गते २०८०
03:28: PM
मंसिर १३ गते २०८०
03:28: PM

नेपाल बालसाहित्य समाजको २८ औं सम्मेलन प्युठानमा हुँदै

कार्तिक १९ गते २०८०
3:07 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

प्युठान।नेपाल बालसाहित्य समाजको आयोजनामा २८ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन प्युठान खलङ्गाबाट सुरुवात हुने भएको छ।

मंसिर ९ र १० गते उक्त सम्मेलन प्युठानका संघीय सांसद सुर्य थापाको प्रमुख आथित्यतामा हुने भएको आयोजकले जनाएको छ।कार्यक्रममा प्युठान सांसदहरु,साहित्यिक क्षेत्रमा कलम चलाउने व्यक्तित्वहरु, बिद्यार्थी एवम् बालबालिकाहरु,जनप्रतिनिधिहरुको मुख्य सहभागितामा कार्यक्रम हुन् लागेको नेपाल बालसाहित्य समाजका केन्द्रिय महासचिव बिजय राज आचार्यले जानकारी दिए।           

महासचिव आचार्यद्वारा पुस्तक विमोचन, विचार विमर्ष पुस्तक प्रर्दशन, कार्यपत्र प्रस्तुति रचना वाचन, कला प्रस्तुति, कथा लेखन प्रतियोगिता, हस्तलेखन प्रतियोगिता हुनेछ ।

प्रभातफेरी कार्यक्रम मङ्सिर ८ गते साँझ नेवा खल प्युठानले स्वागत गरे संगै कार्यक्रम सुरु हुनेछ। त्यसैगरी  सांस्कृतिक कार्यक्रम ९ गते बिहान खलङ्गामा, प्रभातफेरि जनता मा.बि बाग्दुलामा उद्घाटन हुने र मंसिर १० गते  धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्वारीमा प्रशिक्षणबाट तयार भएका रचना बाचन, नृत्य प्रस्तुती र चित्र प्रदर्शन गरि  कार्यक्रमको समापन गरिने नेपाल बाल साहित्य समाजका महासचिव बिजय राज आचार्यले जानकारी दिए।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page