मंसिर १३ गते २०८०
02:55: PM
मंसिर १३ गते २०८०
02:55: PM

माण्डवीमा बच्चा जन्मिए बिरुवा रोप्ने

कार्तिक १७ गते २०८०
8:07 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

प्युठान ।माण्डवी गाउँपालिका वडा १ कार्यालयले वडा बासीहरुको लागी नौलो निर्णय गरेको छ ।वडा भित्र बसोबास गर्ने कुनै पनि परिवारमा बच्चा जन्मिएको खुसियालीमा बिरुवा रोप्ने र मृत्युको हुँदा बत्ति निभाएर शोक ब्यक्त गर्ने निर्णय गरेको हो ।

माण्डवी गाउँपालिका वडा १ कार्यालयले शुक्रबार बसेको वडा समितिको बैठकले वडा भित्र बसोबास गर्ने नागरिको मृत्यु भएको पहिलो रातको साँझ ९ बजे ५ मिनेट बत्ती  निभाएर शोक ब्यक्त गर्ने निर्णय गरेको वडा अध्यक्ष बाम बहादुर बुढाले बताए।

वडा भित्र मृत्यु भएमा सम्पूर्ण टोल विकास संस्थालाई पत्राचार गर्ने र परिवारमा कसैको जन्म भएका सम्पूर्ण बत्ती बाल्नुका साथै उक्त व्यक्तिको नाममा बोट बिरुवा रोप्ने वडा अध्यक्ष बुढाले जानकारी दिए । 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page