मंसिर १३ गते २०८०
02:56: PM
मंसिर १३ गते २०८०
02:56: PM

आज विश्व हात धुने दिवस

असाेज २८ गते २०८०
11:33 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

प्युठान।आज अक्टोबर १५ तारिख विश्व हात धुने दिवस । ‘हाम्रो हात, हाम्रो भविष्यज्ञ’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ । सन् २००८ पछि विश्वभर हरेक वर्ष अक्टोबर १५ तारिखमा यो दिवस मनाइन्छ । साबुन पानीले राम्रोसँग हात धुने बानीले धेरैजसो रोगबाट बच्न सकिन्छ ।

विभिन्न अध्ययनहरूले साबुन पानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य देखाएका छन् ।

डाक्टरका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुन पानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page