मंसिर १२ गते २०८०
06:08: PM
मंसिर १२ गते २०८०
06:08: PM

माओवादी केन्द्रमा ९ जना प्रवेश

असाेज ६ गते २०८०
3:06 PM
Author Avatar
सन्तोष सुनार

असोज ६ गते शनिवार
प्युठान । नेकपा माओवादी केन्द्रमा ९ जना युवा प्रवेश गरेका छन ।

शनिवार प्युठान नगरपालिका ४ जुम्री आयुष्मा होटेलमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति प्युठानको आयोजनामा स्थानीय तहको काम , कर्तव्य र अधिकारको विषयक एक दिवसीय कार्यशाला गोष्ठि कार्यक्रमको अवसरमा प्युठान नगरपालिका २ का ९ जना युवाहरु प्रकाश खड्का , सुरेश खड्का, रबिन्द्र खड्का , कृष्ण खड्का, गोविन्द बहादुर खड्का ,विनोद सुनार , राजु सुनार , जगत खड्का र हिर बहादुर खड्का विभिन्न पार्टीहरु परित्याक गरी नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गरेको पार्टीका जिल्ला संयोजक नमराज अधिकारी(रोसन )ले बताए ।

नेकपा माओवादी केन्द्र पार्टी विगत देखि नै देश र जनताको हक र हितको लागी लड्दै आएकाले अवको दिनमा हामी जस्ता युवाहरुले साथ र सहयोग गरी देशमा रहेका भ्रष्टचारीहरुको अन्त्य गरी समाजवादको निर्माण गर्न पार्टीमा प्रवेश गरेका युवाहरुको भनाइ रहेको छ । साथै पार्टीले चलाएको तिन महिने जनतासँग विशेष रुपान्तरण अभियानमा पार्टीले दिएको जिम्बेवारी पुरा गरी अभियान सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएको नेकपा माओवादी केन्द्र पार्टी प्युठानले बताएकोे छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page