असाेज १२ गते २०८०
09:19: AM
असाेज १२ गते २०८०
09:19: AM

जंगली च्याउ खाँदा दाङमा तीन जना बिरामी

श्रावण ३० गते २०८०
6:58 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

साउन ३० प्यूठान । दाङमा विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।
बङ्गलाचुली गाउँपालिका ४ स्थित मैकुटी निवासी ३१ वर्षीय अजय सुनार, २७ वर्षीया ईश्वरी सुनार र उनकी छोरी ११ वर्षीया अस्मिता सुनार विरामी परेको प्रहरीले जनाएको छ । नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि उनीहरुलाई बान्ता हुने, चक्कर लाग्ने र पखाला लाग्ने भएको थियो ।

उनीहरुलाई बङ्गलाचुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको स्रोतले जनाएको छ ।

रिप्लाई गर्नुहोस