साउन २५ गते प्युठान।ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने दर्जन जती मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्णत्रमा लिएर आवश्यक कारवाहीको गरिसकेको छ।
जसमध्ये साउन महिनामा दर्जन मोटरसाइकललाई जिल्ला ट्राफिक कार्यालय प्यूठानले नगद जरिवाना र मोडिफाई गरेका मोटरसाइकलको समान निकालीदिएको छ।मापदण्ड भन्दाबढि आवाज निकालेको पाइएकाले जरिवाना गराइएको जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख चन्द्र बहादुर केसीले बताए।उनले भने –"मोडिफाई गरेका मोटरसाइल भेटीए पहिलो पटक सम्झाएर पठाउने र दोस्रो पटक फेरी भेटिएमा यातायात कार्यलय पठाउने बताए।"
जिल्ला ट्राफिक कार्यालयले प्युठानका साउन महिनामा विभिन्न स्थानमा गरिएको बिशेष चेकिङको क्रममा १२ वटा ठुलो आवाज निकाल्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।ठुलो आवाज निकाली सवारी साधन चलाउदा ध्वनि प्रदुषण हुनुका साथै मानविय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारी साधन नचलाउन हुन जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रमुख केसीले सम्बन्धित सबैलाई अनुरोध गरेको छन।