मंसिर १३ गते २०८०
01:29: PM
मंसिर १३ गते २०८०
01:29: PM

लोप हुँदै गए भँगेरा चरा

श्रावण २१ गते २०८०
9:14 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

साउन २१ प्युठान।मानिसको आसपास गुँड बनाएर बस्ने भँगेरा नेपालबाटै लोपहुँदै गईरहेको छ।

भँगेरा खासगरी कच्ची घरहरूको खरले छाएको छाना र पाली, गोठ, परालको टौवामा गुँड बनाएर बस्ने गरेकोमा हाल बढ्दो सहरीकरणका कारण लोप हुँदै गइरहेका छन्।

आँगनमा सुकाएको बिस्कुन र खेतबारीमा पाकेको अन्न, फल खान आउने चराहरू पनि उत्तिक्कै घटिरहेका छन् ।जलवायु परिवर्तनको असर, खेतीपाती कम हुँदै जानु, गाउँ सहरमा बदलिँदै जानुलगायत कारण चराहरू बस्तीबाट टाढा मात्रै गइरहेका छैनन् कतिपय लोप नै भइसकेका छन् ।

नेपालमा पाइने चराको संरक्षण गर्न वासस्थान सुरक्षित राख्न समुदायसँग सहकार्य गर्नुपर्ने, कृषिमा हुने रासायनिक मलको प्रयोग न्यूनीकरण गर्नुपर्ने,तिनै तहका सरकारले चरा संरक्षण गर्नको लागी योजना बनाउनुपर्ने पर्ने देखिन्छ ।रासायनिक मलको प्रयोग कृषि खेतीमा बढ्दै जाँदा सबैभन्दा धेरै असर पन्छीलाई पुगेको छ ।

नेपालका जङ्गलमा करिव ३ सय ८९ प्रजातिका चराहरू बस्छन् । तीमध्ये कैयौँ लोपोन्मुख अवस्थामा छन् । यसको संरक्षणको लागि सरकारले देखिने काम नगरेको सरोकारवाला निकायको गुनासो छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page