मंसिर १२ गते २०८०
07:35: PM
मंसिर १२ गते २०८०
07:35: PM

प्युठानमा ढुङ्गा खसेर लाग्दा एक गम्भिर

श्रावण १४ गते २०८०
9:15 PM
Author Avatar
सन्तोष सुनार

प्युठान । प्युठानमा ढुङ्गा खसेर लाग्दा एक गम्भिर घाईते भएका छन । आईतवार स्वर्गद्वारी नगरपालिका वडा नं ३ रुमालेमा ढुङ्गा खसेर चोट लाग्दा एक जना भारतिय नागरीक गम्भिर घाइते भएका हुन ।

भारतको उत्तरप्रदेश महाराजगञ्ज जिल्ला पोखरविन्दाका ३५ बर्षिय अनिल कनौजिया स्वर्गद्वारी मन्दिर दर्शनको लागि
पैदल यात्रा गरेर स्वर्गद्वारी जादै गर्दा भिरबाट ढुगां खस्दा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
घटना सांझ ६ बजेको समयमा घटेको हो । भिङ्ग्रीबाट स्वर्गद्वारी मन्दिरसम्म पैदल यात्राका लागी ७ जना साथिहरुसंग हिडेका अनिल कनौजिया ११ किलो मिटर टाढा रुमाले भन्ने ठाउँमा भिरबाट ढुङ्गा खसेर लाग्दा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय प्युठानका प्रहरी निरिक्षक तथा सुचना अधिकारी सागर भुषालले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । । घाइतेको टाकोमा चोट लागेको र अवस्था गम्भिर रहेकोभुषालको भनाई रहेको छ ।


घटना घटेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरिक्षक भक्त बहादुर सिंजाली नेतृत्वको टोलि गई घाईतेलाई उद्दार गरी प्राथमीक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा सामान्य उपचार पछि अवस्था गम्भिर भएकाले थप उपचारका लागीे घाईतेका साथिहरुले भारत लगेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page