मंसिर १२ गते २०८०
07:11: PM
मंसिर १२ गते २०८०
07:11: PM

प्युठानमा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस

श्रावण ६ गते २०८०
6:35 PM
Author Avatar
सन्तोष सुनार

साउन ६ गते प्युठान।नेपाली कांग्रेसका संस्थापक बिश्वेश्वरप्रसाद कोइरालाको ४१औँ स्मृति दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

जिल्लाको बिभिन्न स्थानिय तहहरुको बिभिन्न ठाउँहरुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको नेपाली काँग्रेस प्युठानका जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए ।उनले भने –" नेपाली काँग्रेसको केन्द्रीय सर्कुलर कार्यक्रम अनुसार र मौसम अनुकूलताको साथै उहाँको सम्झनास्वरुप वृक्षारोपण कार्यक्रमको आयोजना गरेको प्युठान जिल्ला सभापति गिरीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।

त्यस्तै नेपाली कांग्रेस माण्डवी गाउँपालिका प्युठानले आयोजना गरेको उदयपुरकोट दरबार परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको माण्डवी गाउँपालिका सभापति प्रकास अधिकारीले बताए।वृक्षारोपण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अमर प्रसाद भण्डारीले वी.पी.को योगदानको सबैले अनुसरण गर्नुपर्ने बताए।उनले भने-"राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि वी.पी.को विचार र आदर्शको राजनीतिलाई अगाल्नुपर्ने बताउदै वी.पी.को सिद्धान्तकै कारण देशबाट राणा शासन, एकदलीय व्यवस्था र निरंकुश राजतन्त्र हटाउन काँग्रेस सफल भएको स्मरण गरे।   

 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page