मंसिर १३ गते २०८०
02:51: PM
मंसिर १३ गते २०८०
02:51: PM

माण्डवीको असफल स्वास्थ्य बीमा कार्यक्रम

असार ३० गते २०८०
7:16 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

असार ३० प्युठान ।बीमा गराएपछि सहज रुपमा गुणस्तरीय औषधोपचार गर्न पाइने विश्वासका साथ शुरु गरिएको माण्डवी गाउँपालिकाले स्वाथ्य विमा कार्यक्रम लागु गरेको छ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन पश्चात स्थानीय सरकारको पहिलो निर्णय सम्पूर्ण  गाउँबासीलाई निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो। सम्पूर्ण गाउँबासीका  स्वास्थ्य विमाको लागी १ करोड २५ लाख बजेट विनियोजन गरेको थियो।

माण्डवी गाउँपालिका -१  थक्लेनी निवासी रिया थापा मगरले २०७९ असोज ६ गते बिमा परिचय पत्र पाएको थिईन् उनि भन्छिन –"केहि दिन अघि बिरामी भएर प्युठान अस्पताल जाँदा विमा कार्ड लिएर गएको थिए, बीमा कार्डमा असोज ६ गते बनेको थियो तर प्युठान अस्पतालले यो कार्ड नै इन्ट्री भएको छैन भनेपछि उपचारको लागी बुटवल गएको बताईन।  

यस्तै माण्डवी गाउँपालिका -३ जस्पुरकी  ६६ बर्षीय बिष्णुमा देबी अधिकारी भन्छिन –"म नियमित रुपमा औषधि सेवन गर्छु , दम पनि छ प्रेससर पनि छ ,१०/१२ वर्ष भयो तर बिमा सम्बन्धि कुनै कर्मचारी घर नआएको गुनासो गर्छिन।पालिकाले विमा गर्ने भनेपछि आफु खुसि रहेको थिए तर १ वर्ष सकिन लागिसक्यो अझै बिमा नभएको अधिकारी बताउछिन ।

गाउँपालिकाले श्री स्वास्थ्य बिमा बोर्ड ,सेवा ईकाई प्युठानसँग २५ सय ७९ परिवार संख्याको ९२ लाख ९० हजार ५० रुपयाँमा १ वर्षको लागि विमा सम्झौता गरेको स्वाथ्य शाखा प्रमुख धुर्व पोखरेलले बताए। राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या १५ हजार ८ सय ६३ रहेको छ। अधिकांस नागरिकहरुलाई स्वाथ्य विमा कार्यक्रमले समेट्न नसकेको माण्डवी गाउँपालिका बासीहरुको गुनासो छ।

गाउँपालिकाको सम्झौता पत्रमा उल्लेख भएका नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ संस्था तथा अन्य कुनै अन्तर्राष्ट्रिय सरकार वा संघ संस्थाबाट मासिक रुपमा तलब,भक्ता ,पेन्सन वा यस्तै प्ररकारका कुनै अन्य कुनै मासिक सुविधा लिएका ब्यक्ति ,५ लाख भन्दा माथि पुँजी राखी व्यवसाय संचालन गरेका व्यवसायी,निर्माण व्यवसायी,ठेकेदार ,जनप्रतिनिधि तथा कर्मचारी बाहेकलाई मात्र लागु हुनेछ।उक्त सम्झौतामा भनिएता पनि अधिकाँस ५ लाख भन्दा माथि व्यवसाय संचालन गरेका ,पेन्सन कर्मचारीहरुले सुबिधा लिएका छन भने निम्न वर्गका सर्वसाधारणहरु भने बीमा कार्यक्रमको  सुविधाबाट वन्चित रहेका छन।

माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुर्व पोखरेल बताउछन –"गाउँपालिकाले लिएको बीमा कार्यक्रम अन्त्यन्तै राम्रो हो तर धेरै बीमितहरुलाई थाहा नै छैन, थाहा नभएर नै सेवा लिन सकिरहेका छैनन्।" धेरै बीमितहरुले कार्ड इन्ट्री नै नभएको गुनासो गरेका छन् छिट्टै स्वास्थ्य बिमा बोर्ड ईकाई शाखा सँग समन्यव गरी यस समस्याको समाधान गर्ने पोखरेल बताए। आर्थिक वर्ष ०८०/०८१ मा भने लक्षित वर्गलाई मात्र समेट्न सकिनेछ बजेटको आकार पनि घटेको स्वास्थ्य प्रमुख पोखरेलले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।           

रिप्लाई गर्नुहोस

You cannot copy content of this page