मंसिर १२ गते २०८०
07:20: PM
मंसिर १२ गते २०८०
07:20: PM

कोसेली बजार बन्दै बडडाँडा

असार १८ गते २०८०
8:53 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

असार १८ प्युठान ।बडडाँडा बजार अहिले कोसेली बजारका रूपमा स्थापित हुँदै गएको छ।

प्यूठानको नौ वटा स्थानीय तहमध्ये भौगोलिक हिसाबले समथर, पहाड र लेक तीन वटै भू–भाग समेटिएको सरूमारानी गाउँपालिका हो।प्युठान काठमाडौँ  सडक खण्ड यात्रा गर्ने जो कोहिले पनि यस ठाउँ बाट कोसेलीको रुपमा बिभिन्न  खाद्य सामग्री लैजाने गरेका छन। मुख्य सडका छेउमै यात्रुहरुलाई लक्षित गरेर राखेका स्थानीय उत्पादन मह ,गेडागुडीको दाल ,अदुवा ,बेसार ,पिडालु देख्न सकिन्छ।यिनै कृषि उपज यात्रुहरुले किनेर आफन्तलाई कोसेलीको रुपमा लैजाने गरेका छन।

बार्हौ महिना सम्म ग्राहकहरुको भिड लाग्ने यस ठाउँमा मुख्य गरि स्वर्गद्वारी दर्शन गर्न आएका दर्शनार्थीहरुले खाद्य सामग्री किनेर लैजाने बताउछन व्यापारीहरु।विशेष गरि काठमाडौँ  पढ्ने बिद्यार्थीहरु र आफन्त भेट्न जाने यात्रुहरुले लैजाने गर्दछन ।यहाँका उत्पादनहरु काठमाडौँ ,बुटवल ,नेपालगन्ज र कपिलबस्तु मा समेत निकासी हुने हुँदा यस ठाउँलाई विशेष गरि कृषि उपज केन्द्र भन्दा समेत फरक नपर्ला।कृषि योग्य जमिनमा उत्पादन हुने धान,गहुँ र दालको  बिक्रि वितरणमा यो गाउँपालिका जिल्लाको पहिलो पालिका हो।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page