मंसिर १३ गते २०८०
03:30: PM
मंसिर १३ गते २०८०
03:30: PM

सार्कीले गीरी थर भएकी युवती विवाह गर्दा घरमा आगो दन्कियो

असार १७ गते २०८०
5:26 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

जुम्लाको तातोपानी–४ गिडीखोलाका मुकुन्द नेपाली(सार्की)ले स्थानीय बसन्ती गिरीसँग भागेर गएको साता बिहे गरे।२० वर्षीय मुकुन्दले उमेर नखुलेकी उनै युवती बसन्तीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेको स्थानीयहरू बताउँछन्।

केटी पक्षले भनेअनुसार हाल उनीहरू बाँके जिल्लामा छन्। बसन्तीले मुकुन्दसँग भागेर घरजम गरेलगतै आफूहरू बाँके आएको आफन्तलाई फोनमा भनेको बुझिएको छमुकुन्द र बसन्तीले अन्तरजातीय विवाह गरेको चार दिन पछि ‘दलित केटा’को घरमा एक्कासी आगो लागेको मुकुन्दका माइला दाइ भरत नेपालीले बताएका छन्।

‘भाइले अन्तारजातीय बिहे गर्नु र त्यसको चार दिन पछि आगो लाग्नु संयोग नभएर योजना हो,’ उनले भने, ‘यो काम केटी पक्षका दाइले गराएको भनी किटानी दिने तयारी गरेका छौँ तीन तलाको घर जलेर पूरै नष्ट भएको हाँकु प्रहरी चौकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन्।

‘घर आगलागी भएको कुरा जिल्ला प्रहरी कार्यालयबाट आएपछि हामी त्यहाँ पुगेका हौँ,’ उनले भने, ‘क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनाका अनुसन्धान भइरहेको छ।’

रिप्लाई गर्नुहोस

You cannot copy content of this page