मंसिर १२ गते २०८०
06:26: PM
मंसिर १२ गते २०८०
06:26: PM

स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

असार १७ गते २०८०
3:31 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

काठमाण्डाै - भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । 

दुर्घटनामा सूर्यविनायक नगरपालिका वडा नम्बर ६, पाण्डुबजारका कृष्णकुमार त्वाटीको ज्यान गएको हाे । उहाँको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँले चलाउनु भएको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा पछाडि बस्ने छोरी अनिता त्वाटी घाइते हुनुभएको छ । उहाँ उपचारपछि घर फर्किसक्नुभएको प्रहरीले जनाएकाे छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page