मंसिर १२ गते २०८०
06:55: PM
मंसिर १२ गते २०८०
06:55: PM

राप्ती नदीमा फसेका ६ जना गोठाला र ७८ वटा बाख्राको उद्धार

असार १७ गते २०८०
8:50 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

बाँकेमा बाख्रा चराउन गएर राप्ती नदीको भँगालोमा फसेका ६ जनाको उद्धार भएको छ।राप्ती सोनारी गाउँपालिका–२ मा बाख्रा चराउन गएका ६ जना हिजो दिउँसोदेखि राप्तीको भँगालोमा फसेका थिए ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यसहित सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गएराती साढे १० बजे उनिहरुको उद्धार गरेको हो ।बाख्रा चराउन गएका बेला एक्कासी नदीको बहाव बढेपछि उनीहरु फसेका थिए । ६ जनासँगै ७८ वटा बाख्राको पनि उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

बाख्राको उद्धार नगरेसम्म आफूहरु पनि कतै नजाने अडान लिएपछि सुरक्षाकर्मीको रबर बोटमार्फत मान्छे र बाख्राको उद्धार भएको हो । 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page