मंसिर १३ गते २०८०
02:53: PM
मंसिर १३ गते २०८०
02:53: PM

प्युठान ,पाल्पा, अर्घाखाँची र रुपन्देहीका नदी तथा खोलामा बाढीको जोखिम

असार १५ गते २०८०
8:52 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट प्युठान । पाल्पा, अर्घाखाँची, रुपन्देही र प्युठानका नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी जिल्लामा मध्यमदेखि ठूलो वर्षा भएकाले बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाले यी जिल्लाका तिनाउ र माडीसहित साना नदी तथा खोलामा बाढीको खतरा रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । अहिले यी जिल्लासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ।

आज कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो र केही ठाउँमा अति ठूलो वर्षाको अनुमान छ । लगातारजसो झरी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम छ । भिरालो जमिन र नदी, खोला आसपास बस्नेहरुलाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page