मंसिर १३ गते २०८०
02:40: PM
मंसिर १३ गते २०८०
02:40: PM

मुख्य मन्त्रीद्वारा त्रिवेणी धाममा त्रिशुल स्थापना

असार १४ गते २०८०
1:41 PM
Author Avatar
राधिका भुषाल

असार १४ प्युठान । लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले  धार्मिक तीर्थस्थल त्रिबेणी धाममा त्रिशुल राखेका छन ।

माण्डवी गाउँपालिका-१ त्रिबेणी धामको मन्दिरमा मुख्यमन्त्री चौधरीले एकादशीको दिनको अवसर पारी त्रिशुल राखेका हुन । सो स्थानमा उनले स्वामिको बिरुवा समेत रोपेका छन् । मन्दिर परिसरको अवलोकन गर्दै उनले भने–"प्रदेश कार्यालय बाट मन्दिर संरक्षणका लागी मैले पहल गर्नेछु ।" आफुलाई धर्म प्रति आस्था भएको हुँदा त्रिबेणी धामको दर्शन गर्न पाउँदा खुशी व्यक्त गरेका छन्।त्रिबेणी धामको महत्वलाई मध्यनजर गर्दै स्थानीय सरकारले यस क्षेत्रको विकासको लागि बिशेष ध्यान दिनु पर्ने बताए।

अथिति आवास, कुटी,खानेपानी समस्या र बिहान साँझ धुप बत्ति गर्ने पुजारी आवश्यक रहेको हुँदा स्थानीय सरकारले व्यवस्था गरिदिएमा दर्शनार्थीहरुलाई सहज हुने त्रिबेणी धाम संरक्षण समितिका अध्यक्ष भुपेन्द्र अधिकारीले बताए।राष्ट्रिय लोक भजन चुडकिला संरक्षण प्रतिष्ठानमा र त्रिबेणी धाम संरक्षण समिति प्युठानको पहलमा बुटवल पावर कम्पनी लिमिटेडले उक्त त्रिशुलको पोल सहयोग गरेको थिए।

झिमरुक,कौशिक (अरङखोला)र माण्डवी नदीको संगमस्थलमा प्राचीनकालदेखि आफ्नै अस्तित्व बनाएको छ।करिव २ सय ४० वर्ष पहिले राजा हरिप्रसाद अधिकारीले उदयपुरकोट दरबार बाट समय-समयमा पूजा आजा गर्नको लागी त्रिबेणी धाममा आउने गरेको ईतिहास छ।यहाँ प्रत्येक बर्ष माघे संक्रान्तिमा मेला पनि लाग्ने गरेको छ ।  

त्रिवेणीको अस्तित्व लोप हुन् थालेपछि २०५७ स्व.लोकनाथ कश्यपको नेतृत्वमा महायज्ञ संचालन गरी उठेको रकमले मन्दिरको थालनी गरिएको थियो।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page