मंसिर १३ गते २०८०
02:33: PM
मंसिर १३ गते २०८०
02:33: PM

सरुमारानी पूर्ण खोप सुनिश्चितता पालिका

असार १३ गते २०८०
5:50 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

असार १३ प्युठान । सरुमारानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिती प्युठानका प्रमुख धरम जिसिले विहिवार सरुमारानीलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेका छन। पालिका भित्रका ६ वटै  वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोप घोषणा दिगोपना तथा सुनिश्चित पालिका घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए। उनि भन्छन –"पालिकामा जन्मेको मिती   देखी १५ महिना सम्मका कुल ४ सय १६ जना र १६ देखि ५९ महिनासम्मका १ हजार १४६ जना बालबालिकालाई घरमै पुगेर खोप लगाइएको छ ।" जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म विभिन्न १३ प्रकारका खोप बालबालिकालाई लगाएपछि मात्र खोपको मात्र पूरा हुने बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष झगवहादुर बिश्वकर्माले सबैको सहयोगले नै सरुमारानीलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल बताएका थिए। पालिकाले ३ वटै स्वास्थ्य चौकीमा ल्याव सेवा र बाङ्गेसाल स्वास्थय चौकीमा चिकित्सकिय सेवा संचालनमा ल्याएको छ। पालिकाभित्र ३ वटा स्वास्थ्य चौकी र ३ वटा सामुदायिक स्वास्थ्य इकाइ छन्।सरुमारानी गाउँपालिकाले एम.बि.बि.एस डाक्टरद्वारा बिरामीहरुलाई सेवा दिइरहेको छ।  

रिप्लाई गर्नुहोस

You cannot copy content of this page