मंसिर १२ गते २०८०
06:09: PM
मंसिर १२ गते २०८०
06:09: PM

प्युठानमा खोलाले बगाउदा एक बालिकाको ज्यान गयो

असार १२ गते २०८०
9:56 PM
Author Avatar
सन्तोष सुनार

प्युठान । प्युठानमा खोलाले बगाउदा एक बालिकाको ज्यान गएको छ । मङ्गलवार प्युठान नगरपालिका १० मरन्ठाना स्थित भुस्वाङ्ग खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको हो ।

ज्यान जानेमा प्युठान नगरपालिका( १० छेपाने निवासी सबिता घर्तिमगर भएको खोलाले बगाएको घतनास्थलमा पुग्नु भएका पत्रकार रमेश गिरीले जानकारी दिनुभयो । १३ वर्षीया घर्ति श्री जनता माध्यमिक विद्याल बाग्दुला कक्षा ८ मा अध्ययन गर्दथिन । उनी विद्यालयबाट घर फर्कने क्रममा खोला तर्दा लेदो माटोसहित एक्कासि आएको खोलाले बगाएको बताइएको छ । खोला ४ जना साथी संगै तरेका थिए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page