मंसिर १२ गते २०८०
07:33: PM
मंसिर १२ गते २०८०
07:33: PM

जन्म दिनको अवसरमा अध्यक्ष बुढाले शैक्षिक सामाग्री वितरण

असार १२ गते २०८०
8:36 PM
Author Avatar
सन्तोष सुनार

प्युठान । पछिल्लो समयमा जन्म दिन मनाउने क्रम फरक र समाजमा सकरात्म सन्देश दिने तरिकाले मनाउने शैलिमा परिवर्त भईराखेको छ ।
प्युठान जिल्लाको माण्डवि गाउपालिका १ तिरामका वडा अध्यक्ष वाम बहादुर बुढा आफु ३३ औँ बसन्त पार गरी ३४ औँ बसन्तमा पाईला टेकेको जन्म दिनको अवसर मान्डबि १ तिराम हाईकोट छेडापोखरि दलित बस्तिमा पुगि दलित घरपरिवारका ३० जना विद्यार्थीहरुलाई मङ्गल शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।

smart

जन्म दिनमा पिर्यपदार्थ खाने तथा पार्टि दिने अनाआवश्यक रुपमा फजुल खर्च गरिने समाजमा रहेको विकृति विसङ्गतिलाई हटाई सभ्य समाजको निमार्ण गर्न तथा समाज परिवर्तन गर्न यस्तो कार्यले प्रभाव पार्ने भएकोले दलित बस्तीमा बसोबास गर्ने विपन्न तथा निमुखालाई करिव सात दर्जन कपी कलम वितरण गरिएको अध्यक्ष बुढाले स्वगद्वारी अपडेटलाई बताउनु भयो । सहयोगले सवै आवश्यक पुरा गर्न नसकेपनि केहि मात्रामा पुरा हुने तथा उनीहरुलाई सहज हुनेछ । शैक्षिक सामाग्री पाउदा दलित समुदायका विद्यार्थीहरु निकै खुसि भएका थिए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page