मंसिर १३ गते २०८०
03:16: PM
मंसिर १३ गते २०८०
03:16: PM

नौबहिनीले एम्बुलेन्स खरिद गर्यो

असार १२ गते २०८०
5:10 PM
Author Avatar
सन्तोष सुनार

१२ असार, प्युठान। बिरामीलाई आपतकालीन सेवा दिन नौबहिनी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ। आधारभूत स्वास्थ्य सेवा दिने जिम्मेवारी स्थानीय तहमातहत आएपछि सुत्केरीलगायत बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स खरिद गरेको गाउँपालिककाले जनाएको छ। 

गाउँपालिकाले चालु आर्थिक वर्षमा झण्डै २४ लाखको लागतमा एम्बुलेन्स खरिद गरेको बताएको छ।"नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि एम्वुलेन्स ल्याएका हौँ।नौबहिनी गाउँपालिका  अध्यक्ष डिल बहादुर थापाले भने -"सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने अध्यक्ष थापाले बताए ।एम्वुलेन्स सेवाबाट पालिकाका ८ वटै वडाका नागरिकलाई लाभ हुने छ।" ग्रामीण भेगमा बिरामी हुँदा भाडाका सार्वजनिक सवारी रिजर्भ गर्नुपर्ने वा स्ट्रेचर, डोकोमै बोक्नुपर्ने बाध्यता बेहोर्दै आएका थिए।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page