असार ७ प्युठान। गुल्मी घर भएका एक बालक प्युठानको जस्पुरबाट हराएका छन् ।
बुधबार अपरान्ह १:३० बजे माण्डवी गाउँपालिका -३ जस्पुरबाट बालक हराएको राजकुमार नेपालीले बताएका छन् ।मदाने गाउँपालिका वडा नम्बर -८ पुर्कोट दह बस्ने बस्ने ठग कामीको १४ बर्षिया छोरा कपिल कामी गहुँ गोरो वर्ण हुलिया निलो टिसर्ट ,कालो ट्रयाक ,चप्पल लगाएको र कालो भिर्ने झोला बोकेको बुधबार अपरान्ह १:३० बजे माण्डवी गाउँपालिका -३ जस्पुरबाट हराएको राजकुमार नेपालीले बताए।हिजो १:३० बजे घर जान्छु भनी सोधेर गएको आज सम्म घर नपुगेको बताउछन नेपाली।उनले भने –"जस्पुर बजारमा सिसिटिभी क्यामरा जडान गरेको भए कता गयो भन्ने थाहा हुन्थ्यो तर बजारमा सिसिटिभी क्यामरा नभएर कता गयो भन्ने कुनै यकिन नभएको बताए ।
बुवा ठग कामीले कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क अथवा मोबाइल नम्बर ९८६७८०७७०६ जानकारी गरिदिन समेत आग्रह गरेका छन्। कपिल कामी राजकुमार नेपालीको फर्निचर उद्योगमा सहयोगीको रुपमा बस्दै आईरहेको थिए।