स्वर्गद्वारी अपडेट समाचार डेक्स ।बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । पश्चिमी क्षेत्रमा केही समय यता लगातारजसो भूकम्प गइरहेको छ । यस अघि अस्ति ८ गते बाजुरामा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो ।जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन उहाँको सुझाव छ ।