मंसिर १२ गते २०८०
07:55: PM
मंसिर १२ गते २०८०
07:55: PM

सरुमारानीमा पाठेघर खसेका महिलाहरुलाई निशुल्क सेवा

जेठ ९ गते २०८०
7:51 PM
Author Avatar
सन्तोष सुनार

प्युठानको सरूमारानी गाउँपालिकाको आयोजनामा पाठेघर खसेका महिलाहरूको स्क्रिनिङ रिङ पेसरी सेवा तथा शिविर सम्पन्न भएको छ।

प्युठानको प्युठान अस्पतालको प्राविधिक सहयोग तथा सरुमारानी गाउँपालिकाको आयोजनामा मंगलबार बड्डाँडा आधारभुत स्वास्थ सेवा केन्द्रमा सम्पन्न भएको हो। शिविरबाट १४१ जना महिलाहरूले सेवा लिएका छन्।६ जनाको रिङ पेसरी राखिएको, ६ जनाको अप्रेसन गर्नुपर्ने र १२९ जनाको सामान्य रहेको वडा अध्यक्ष चिन्त सोमैले जानकारी गराए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page