फागुन ९ गते २०८०
05:37: AM
फागुन ९ गते २०८०
05:37: AM

जङ्गलको आगो अनियन्त्रित हुँदा ११ घर ८ गोठ जल्यो

जेठ ८ गते २०८०
8:45 AM
Author Avatar
सन्तोष सुनार


झइन्द्र भण्डारी
गत जेष्ठ ६ गतेरातीदेखी स्वर्गद्वारी नगरपालिका वडा नम्बर २को जङ्गलमा लागेको आगो अनियन्त्रित हुँदा स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ धनबाङमा ठूलो क्षति पुगेको छ । जङ्गलमा भएको आगलागी गाउँमा छिरेपछि स्वर्गद्वारी नगरपालिका वडा नं २ धनवाङको ११ वटा घर र ८ घर जलेर पूर्णरूपमा क्षतिग्रस्त भएका छन ।

रातीदेखी लागेको आगो ७ गते दिउँसो लगभग नियन्त्रणमा आइसकेको थियो तर पछिबाटफेरि आगो एक्कासि आगो गाउँमा छिर्यो कसरी र कहाँबाट छिर्यो यो अनुसन्धान हुन नसकेको वडा नम्बर २ का वडा अध्यक्ष बुद्धिराम पुनले बताउनु भयो । गाउँको आगो नेपाल प्रहरी नेपाल आर्मी र स्थानीयले नियन्त्रणमा लिएका हुन भने त्यहाँबाट उतातिरको जङ्गलमा छिरेको आगो भने स्थानीयले ८ गते बिहान करिब ४ बजेतिर नियन्त्रणमा लिएको वडाध्यक्ष पुनले जानकारी दिनु भयो ।


अनेत्रको जङ्गलमा आगो लागिरहेता पनि वडा नम्बर २ को यो जङ्गलमा विगत २५र३० वर्षदेखि आगो लागेको थिएन त्यसैले पनि आगो नियन्त्रणमा ल्याउन निकै कठिन भएको र यसले ठुलो क्षती पुराएको वडाअध्यक्ष पुनको जिकिर छ । बाकी क्षति भने आउन बाकी छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page