फागुन १० गते २०८०
06:56: AM
फागुन १० गते २०८०
06:56: AM

घोराही-तुलसीपुरको चार लेन सडकको ठेक्का खारेज

जेठ २ गते २०८०
7:31 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट प्युठान ।सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले घोराही–तुलसीपुरको चार लेन सडकको ठेक्का तोडिएको बताएकी छन् ।

भारतीय एक्जिम बैंकको सहयोगमा एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलर लागत रहेको उक्त सडकको  जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले ठेक्का लिएको छ । तर चार वर्षमा सडकको प्रगति जम्मा १० प्रतिशत रहेको देखिन्छ।

भारतीय निर्माण कम्पनीले चार वर्षदेखि अलपत्र पारेको घोराही–तुलसीपुर सडक ठेक्का रद्द भएर नयाँ प्रक्रिया अघि बढेको उनले बताएकी हुन् । निर्वाचन क्षेत्र दाङ पुगेकी शर्माले भनिन्, ‘चार लेन सडक निर्माणको सम्झौता भर्खरै खारेज भएको छ । केहीदिनभित्रै सूचना पनि आउँला ।’ उनले ठेक्का तोडिएपछि अब नेपाल सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको बताइन् । नयाँ टेण्डरको काम पनि छिट्टै अघि बढ्ने उनले बताइन् ।

नयाँ टेन्ड्ररका लागि केहि  समय लाग्ने बताउँदै उनले त्यसअघि सडक डिभिजन कार्यालयले सडकबाट मर्मत सम्भारको काम छिट्टै अघि बढ्ने बताइन् ।

चार वर्षदेखि सडक अलपत्र परेको भन्दै सांसद तथा जनप्रतिनिधिहरुको चर्को आलोचना हुँदै थियो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page