स्वर्गद्वारी अपडेट समचार डेक्स । पछिल्लो समय मेक्सिको हुँदै अमेरिका छिर्ने आगन्तुकहरुलाई अमेरिकाले कडाइ गर्ने भएको छ । विश्वका विभिन्न देशबाट मेक्सिको पुगेर त्यहाँबाट पैदल हुँदै जोखिमपूर्ण यात्रा गर्दै अमेरिकी सीमा क्षेत्रमा पुगेकाहरुलाई थप कडाई गर्ने जनाइएको छ । उत्तर अमेरिकाको रियो ग्राण्डे नदीको किनार हुँदै अमेरिका जाँदै गरेका मानिसहरू पनि समस्यामा पर्ने गरेका छन ।