सरूमारानी गाउँपालिकामा एक महिने होजियारी तालिम सम्पन्न
स्वर्गद्वारी अपडेट
वैशाख २८ गते २०८०
10:06 PM
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्युठान । एक महिने होजियारी तालिम सम्पन्न भएको छ । सरूमारानी गाउँपालिका नं.वडा ४ बड्डाँडामा संचालन भएको १ महिने होजियारी तालिम विहिवार सम्पन्न भएको हो ।तालिम गत चैत २८ गतेदेखि सन्चालन भएको तालिम वैशाख २८ गते सम्पन्न भएको हो । तालिममा सहभागी भएका १९ जना सहभागीलाई घोराइमा होजियारी मेसिनमा कार्यरत आउनुभएका गीता खत्रीले प्रशिक्षण दिनुभएको थियो । होजियारी मेसिन उनको धाकोबाट स्वीन सुईटर बनाउन प्रयोग गरिन्छ । वडा अध्यक्ष चिन्त सोमै मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा अध्यक्ष चिन्त सोमैले सहभागीलाई सीप लिएपछि सदुपयोग गर्ने हो आज जसरी मेहनत र परिश्रम गरे अनुसार व्यवहारीकमा पनि लाग्नुहोला भाविजिवनमा तपाईहरुको लागि एउटा आर्थिक बाटो सुधार हुने आफ्ना आवश्यकता पुरा हुने बताउनुभएको थियो ।आफ्नो हातमा सिपमा भए अरुमा भर नपर्ने र जीविकापार्जन सहज हुने अध्यक्ष सोमै मगरले बताउनु भएको छ। कार्यक्रममा प्रमुख अथितीमा गाउँपालिका उपाध्यक्ष बसान्ता खडका , विशेष अथितिमा प्रशासकिय अधिकृत देबिराम पाठक , अथितिहरुमा प्रशासन शाखा प्रमुख लक्ष्मण आचार्य,कार्यपालिका सदस्य कल्पना बिक,आई टि अफिसर शिव न्यौपाने, महिला विकास शाखा प्रमुख साधना सिंह र वडा सदस्यहरू लगाएतको उपस्थित रहेको थियो । कार्यक्रममा सहभागीलाई प्रमाण पत्र र स्विन सुईटर बनाउने सामाग्रीहरु हस्तान्तण गरिएको हो । ।साथै २ वटा लघु उद्यमी महिला समुहलाई होजियारी मेशिन प्रविधि हस्तान्तरण गरिएको थियो ।