असाेज १२ गते २०८०
10:10: AM
असाेज १२ गते २०८०
10:10: AM

प्युठानमा मोटरसाईकल दुर्घटनाहुदा एक युवकको मृत्यु

वैशाख २६ गते २०८०
6:26 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्युठान ।प्युठानमा मोटरसाईकल दुर्घटनाहुदा एकयुवकको मृत्यु भएको छ। मङ्गलवार सरुमारानी गाउँपालिका ६ मोतिपुरमा मोटरसाईकल दुर्घटना हुँदा झिमरुक गाउंपालिका४ बागेंफेदीका २४ बर्षिय शेरा सुलभ शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक लालवहादुर विकले जानकारी दिनुभयो । प्रहरी निरिक्षक विकको अनुसार मंगलबार अपरान्ह करिव ३स्४५ बजे भएको दुर्घटनाका घाईते मोटरसाइकल चालक शाहको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको स्वर्गद्वारी अपडेटलाई बताउनुभयो । उहाँको अनुसार बुट्वलबाट प्युठानतर्फ आउदै गरेको लु५८प ६१२० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा शाहको टाउकोमा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो ।

रिप्लाई गर्नुहोस