१५ वर्षपछि शिसुवापाखा खानेपानीको मर्मत तथा विस्तार
स्वर्गद्वारी अपडेट
वैशाख २४ गते २०८०
2:41 PM
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्युठान । प्युठान नगरपालिका ३ विजयनगरमा खानेपानिको मर्मतसँगै नपुगेको मूख्य ठाउँमा विस्तार गरिदै छ ।विगत २०४५ साल देखि शिशुवापाखा खानेपानि खादै आयका विजयनगरका उपभोक्ता तथा वडावासीहरुले विचको समयमान बृहत खानेपानि आएपछि उक्त खानेपानि जीर्णरुपमा तथा वास्तव्यस्त नगरेको खण्डमा १५वर्षसम्म खानेपानि सन्चालन रोकिएको हुदा आईतवार देखि त्यस खानेपानिको मर्मतसँगै नपुगेको मूख्य ठाउँमा विस्तार गर्न लागिएको प्युठान नगरपालिका ३का वडाअध्यक्ष तथा नगर प्रवक्त सुमन राज श्रेष्ठले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । खानेपानिको मर्मत तथा मूख्य ठाउमा विस्तारका लागि वडामा आएको विभिन्न खानेपानिको मर्मत लागि विनियोजन गरिएको रकमवाट दुईलाख छुट्याइ यस कार्य गर्न लागिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । खानेपानि सन्चालन भएपछि खानेपानि मुहान नजिकै सिरकडस्नाका लागि बसोवास गर्नेलाई एक धारा , पानीको क्षमताको आधरमा सर्वसाधरणका लागि सापडाडा स्वास्थ्य चौकिको नजिकै रहेको प्रतिक्षलयमा , शिशुवापाखा खानेपानि नजिकै रहेको काजक्रिया प्रतिक्षालयमा र नागवेलि सहकारी सस्थामा एक एक धाराहरुको व्यवस्था गर्न लागेको वडा प्राविधिक भोजराज बहादुर जिसीले बताउनुभयो । प्युठान नगरपालिका ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठ विकास निर्माणका कार्यमा नया पद्दति र व्यवस्थित तरिकाले अग्रणी भुमिकामा लागिरहनु भएको छ ।