स्वर्गद्वारी अपडेट समचार डेक्स । दाङमा मोटरसाइकल चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका ३ बस्ने २२ वर्षीय अशोक न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन कुमार गौतमले जानकारी दिनुभएको छ । उहाका अनुसार हिजो बुधबार बिहान पौने १० बजेको समयमा घोराही १७ गुलरिया पानी ट्याङ्की स्थित भुप बहादुर चौधरीले घर अगाडी पार्किङ गरि राखेको लु ९१ प २०४० नम्बरको मोटरसाइकल चोरी भएको भनेर जिल्ला प्रहरी कार्यालय दाङमा जानकारी गराउनुभएको थियो ।जानकारी पाएलगत्तै तत्काल प्रहरी परिचालन गरि खोजी कार्य तिव्र पारेको र घोराही ३ भैसकुर शिवमन्दिर नजिकै पछाडीको नम्बर प्लेट परिवर्तन गरि रा ७ प ५४४२ नम्बर राख्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको डीएसपी गौतमले बताउनुभएको छ । साथै पक्राउ परेका न्युपानेलाई आज जिल्ला अदालत दाङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको उहाले जानकारी दिनुभएको छ ।