स्वर्गद्वारी अपडेट समचार डेक्स ।बारामा भइरहेको उपचुनावमा असर पुर्याउन खोजेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले देवताल गाउँपालिका ७ को मतदान केन्द्रबाट बारका २ र रौतहटका ३ जना गरी ५ जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी गराउनुभएको छ । प्रहरीले जनता समाजवादीका स्थानीय नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवसहित ५ जनालाई पक्राउ गरेको हो ।यादवले सक्कल मतपत्रसँगै नमुना मतपत्र समेत मतपेटिकामा खसाल्न खोजेपछि प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभएको छ । अन्य चार जनालाई होहल्ला गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुलाई बेलुका ५ बजेपछि मात्रै छोडिने सापकोटाले जानकारी गराउनुभयो । जनमत पार्टीका अध्यक्ष सिके राउतले केही मतदान केन्द्र जसपाका कार्यकर्ताले कब्जामा लिएको आरोप लगाए पनि त्यो सत्य नभएको उहाँले बताउनु भएको छ ।