असाेज १२ गते २०८०
08:55: AM
असाेज १२ गते २०८०
08:55: AM

जन्मदिनको अवसरमा विद्यार्थीलाई झोला वितरण

वैशाख ५ गते २०८०
5:00 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्युठान ।जिल्लाको माण्डवि गाउँपालिका वडां नं ३ का वडा अध्यक्ष धनेन्द्र कार्किले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई झोला वितरण गर्नु भएको छ ।मङ्गलवार कार्किले आफ्नो जन्मदिनको अवसरमा आफ्नो वडा अन्तर्गत सल्लिकोटमा रहेको श्री परमेश्वर प्राथामिक विद्यालयका ३४ जना विद्यार्थिहरूलाइ स्कुल झोला वितरण गर्नु भएको हो ।अध्यक्ष कार्कीले भन्नु भयो हरेक नेपालीले आफ्नो जन्म दिनको अवसरमा विदेशी विधिगतले अनाआवश्यक खर्च र मध्यपान तिर जाने प्रविधि समाजमा बढि देखिएको छ , यसलाई हटाउन र गरिव दुखिलाई केहि मात्रमा पनि सहयोग रहोस भन्ने उदेश्य यस कार्य गरेको स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । पहिले आफु परिवर्तन  भई समाजलाई परिवर्त गर्न सकिने उहाँले बताउनुभयो । विद्यार्थीलाई झोला वितरण गर्दा विद्यार्थी धेरै खुसि र विद्यार्थीका अभिभावकहरुले अध्यक्ष कार्कीलाई धन्यावाद दिएको उक्त ठाउँका एक स्थानियले बताए । अध्यक्ष कार्कीले केहि समय अगाडि माण्डवि गाउपालिका ३ मा रहेको रामेस्वरी प्राथामिक विद्यालयमा अध्ययन गर्ने १२ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गर्नु भएको थियो ।

रिप्लाई गर्नुहोस