जोगिन्द्र मल्ल प्युठान। नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान रिसर्च सेन्टर आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको आयोजनामा गौमुखी गाउँपालिकाको ठुलाबेशीमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ।
नेपाल नेत्रज्योति संघ प्युठान प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारका सभापति केशब कर्मचार्य को सभापतित्व तथा गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दैअध्यक्ष गिरीले संसार उज्यालो देख्न र परिवर्तन गर्नका लागि आँखा मानिसको जीवन संग जोडिएकोले आँखा अभिन्न अंग रहेको ,आँखा नहुदा अन्धकार हुने बताउदै दुर्गम र बिपन्न परिवारका लागि आँखा उपचार केन्द्रको आबस्यकता रहेको बताउनु भयो। निरन्तरता र दीर्घकालीनका लागि पनि स्थानीय तह लगानी तथा समन्वय गर्न प्रतिबद्धा रहेको बताउनु भयो।सो कार्यक्रममा नेपाल नेत्रज्योति संघका पुर्ब सभापति अर्जुन कुमार कक्षपती गाउँपालिका उपाध्यक्ष महाविर राना ,नेपाल नेत्रज्योति संघ गुल्मीका अध्यक्ष शेर बहादुर थापा लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको समापन गर्दै नेपाल नेत्रज्योति संघ प्युठानका अध्यक्ष केशव कर्मचार्यले केन्द्र प्रदेश स्थानीय तहको नीति अनुरुप संस्था स्थापना गर्दै जाने यो भन्दा अगाडि स्वर्गद्वारी नगरपालिकामा हुँदै गौमुखी गाउँपालिकामा स्थापना गरिएको र आगामी दिनमा प्युठानका सबै स्थानीय तहमा स्थापना गर्ने लक्ष्य रहेको बताउदै सहयोग गर्ने गौमुखी गाउँपालिकालाई धन्यवाद दिनु भयो।