असाेज ९ गते २०८०
08:38: AM
असाेज ९ गते २०८०
08:38: AM

दाङको तुलसीपुरमा आगोमा जलेर जलेर एक पुरुषको मृत्यु 

वैशाख २ गते २०८०
6:27 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट समचार डेक्स । दाङको तुलसीपुरमा आगोमा जलेर विहिवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–३ साततले निवासी ५८ वर्षका बलिराज एरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।बिहान ११ बजे रक्सी पार्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । घटना स्थलमा रक्सी बनाउन प्रयोग गरिने भाँडाकुँडा र जाँड भेटिएकाले रक्सी पार्ने क्रममा नै आगोमा परेर मृत्यु भएको हुन सुक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।जङ्गलमा घाँस काट्न गएकी श्रीमती घरमा आउँदा आगोमा जलेर गम्भिर भएका बलिराजलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको प्रहरीले बताएको छ । घटना करिब ११ बजे भएपनि प्रहरीलाइ भने खबर पाँच बजे तिर आएकाे थियाे ।

रिप्लाई गर्नुहोस