स्वर्गद्वारी अपडेट समचार डेक्स । सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोलामा भएको आगलागिमा परी गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । गत सोमबार राति कुमाख गाउँपालिका ४ भण्डारखोलामा रहेको एक किराना पसलमा आगलागि हुँदा ५ जना घाइते भएका थिए । घाइते हुनेहरुमा पसल सञ्चालक २४ वर्षीय शंकर राना सहित २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय सञ्जीव शाह, र १८ वर्षीय क्षेत्रमणी राना रहेका थिए ।भारतको लखनउमा उपचार हुन नसकेपछि फर्काइएका २६ वर्षीय यज्ञ रानाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभएको छ । १८ वर्षीय क्षेत्रमणी भने डिस्चार्ज भइसक्नु भएको छ भने अन्य तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।