प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीबाट डिजिटल प्रविधिबाट सेवा सुरु
स्वर्गद्वारी अपडेट
चैत्र २ गते २०७९
10:08 AM
स्वर्गद्वारी अपडेट
सिपि पौडेल/प्युठान
चैत्र २
प्युठान स्वर्गद्वारी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भिगृले आफ्ना सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउन डिजिटल प्रविधिबाट सेवा दिन थालेको छ। प्राथमिक स्वास्थ्य केन्द्रको सेवालाई चुस्त पार्नेदेखि सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउने उद्देश्यले डिजिटल प्रविधि सेवा सुरु गरिएको स्वास्थ्य केन्द्र भिगृले जनाएको छ।प्रविधिको अधिकतम प्रयोग गर्दै सेवा प्रवाहलाई छिटो छरितो र प्रविधिमैत्री बनाउदै बिरामी दर्ता , चेकजाँच रिपोर्ट,ल्याब परीक्षण रिपोर्ट लगायतका यस केन्द्रबाट प्रदान गरिने सम्पुर्ण सेवा अनलाईन गरिने भएको छ। यो सेवा संन्चालन भएसंगै विरामीहरूको बायोडाटा , रोगको विवरण, चेकजाँच मिति लगायतका विवरण ,सुरक्षित रहने र पछी फ्लोअप गर्न आउदा पुर्जा हराउदा पनि विरामीको सहज हुने छ।अब देखि बिभिन्न सेवा संन्चालन बापत ठाउँ ठाउँमा तिर्नु पर्ने शुल्क समेत एकद्वार प्रणालीबाट संन्चालित रहने स्वास्थ्य केन्द्र भिगृले बताएको छ ।