मंसिर १२ गते २०८०
07:48: PM
मंसिर १२ गते २०८०
07:48: PM

राप्रपाले उपराष्ट्रपति चुनावमा पनि मतदान नगर्ने

चैत्र १ गते २०७९
5:52 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट समचार डेक्स स्वर्गद्वारी अपडेट समचार डेक्स  ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । यसअघि राष्ट्रपति चुनावमा पनि कसैलाई मत नदिएको राप्रपाले पर्सि शुक्रवार हुने उपराष्ट्रपति चुनावमा पनि मतदान नगर्ने भएको हो । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि विज्ञप्ति निकालेर राप्रपाले मतदान नगर्ने जानकारी गराएको हो ।उपराष्ट्रपति चुनावमा चार जना उम्मेदवार रहेका रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले जनता समाजवादीका उम्मेदवार रामसहायप्रसाद यादवलाई सघाउने बताइसकेका छन् । एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीकी उम्मेदवार ममता झालाई लोसपा र नागरिक उन्मुक्तिले सघाउने निर्णय गरेका छन् । जसपाकी प्रमिलाकुमारी यादवले यसअघि नै विज्ञप्ति निकालेर आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी गराउनुभएको छ । राप्रपाबाट प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ जना सांसद छन् ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page