मंसिर १२ गते २०८०
06:57: PM
मंसिर १२ गते २०८०
06:57: PM

युवा सञ्जालको अध्यक्षमा पाण्डे निर्विरोध चयन

फागुन २७ गते २०७९
8:55 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

केशर सुनार प्यूठान । ऐरावती गाउँपालिका स्तरीय युवा सञ्जाल शनिवार गठन भएको छ । गाउँपालिका भित्रका ६ वटै वडाका युवायुवतीहरूको उपस्थितिमा सञ्जाल गठन भएको हो । सञ्जालको अध्यक्ष पदमा अनुपराज पाण्डे निर्विरोध चयन हुनुभएको छ । उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्ष पदमा सहभागीहरूले गरेको मतदान बाट पदाधिकारी चयन हुनुभएको हो । जसमा उपाध्यक्ष अञ्जु शाही , सचिव सरस्वता भुषाल , सह सचिव तुलसा भण्डारी , कोषाध्यक्ष सरिला गुरूङ , सहकोषाध्यक्ष अम्बिका गन्धर्व हुनु भएको हो । सदस्यहरमा मञ्जु सापकोटा , मेनुका राउत ,प्रीयङ्का बुढाथोकी उर्मिला घर्ती ,अस्मिता के।सि ,प्रमिला गुरूङ( पुष्पा केसि , श्रीधर शाही, मुना अधिकारी ,अर्जुन सुनार, सविन आचार्य निर्वाचित भएका छन ।

सञ्जालले शिक्षित र बेरोजगारी युवाहरूलाई दक्षता अनुसारको रोजगारी उपलब्ध गराउन पहल गर्ने र सामाजिक कार्यमा लागि अग्र्रसर रहने अध्यक्ष पाण्डेले बताउनुभएको छ ।

 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page