मंसिर १३ गते २०८०
02:41: PM
मंसिर १३ गते २०८०
02:41: PM

जिल्ला वन कार्यालयद्वारा दाँते ओखर वितरण

फागुन २३ गते २०७९
3:58 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
राधिका भुसाल प्युठान।डिभिजन वन कार्यालय प्यूठानको आयोजनामा मङ्गलबार जिल्लाको विभिन्न स्थानीय तहहरुका कृषकहरुलाई दाँते ओखरको बिरुवा वितरण गरेको छ।प्रशस्त हाडे ओखर पाइने यस जिल्लामा पछिल्लो समयमा डिभिजन वन कार्यालयले टर्कीका दाँते ओखर कृषकलाई निःशुल्क रूपमा बिरुवा वितरण गरेको छ।दाँते ओखरबाट कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले डिभिजन वन कार्यालयले कृषकहरुलाई ठूलो मात्रामा निःशुल्क दाँते ओखरका बिरुवा वितरण गर्दै आएको हो।२ हजार ३ सय ८० बिरुवा खारिद गरि कृषकहरुलाई वितरण गरेको वन रेन्जर हरि पौडेलले बताए। सबै स्थानीय तहहरुमा माग सङ्कलनका लागि सूचना गरिएको थियो, उक्त सूचनापछि कृषकले माग गरेबमोजिम उन्नत जातको दाँते ओखरका बिरुवा कार्यालयले खरिद गरी कृषकलाई निःशुल्क वितरण भइरहेको पौडेलले जानकारी दिए।१ हजार २ सय मिटरदेखि माथिको उचाइमा हुने टर्कीका चेन्डलर प्रजातिका दाँते ओखर मङ्गलबार जिल्लाका विभिन्न ठाउँमा वितरण गरेको थियो । गत आर्थिक वर्षमा ३२ सय बिरुवा  वितरण गरेको थियो यो आर्थिक वर्षमा २ हजार ३ सय ८० विरुवा वितरण गरेको पौडेलले बताए।जिल्लाको नौबहिनी गाउँपालिकामा ९ सय ,गौमुखी गाउँपालिकामा ५ सय ,मल्लरानी गाउँपालिकामा ६ सय प्युठान नगरपालिका र माण्डवी गाउँपालिका  र अन्य स्थानहरुमा १ /१ सय गरि विरुवा वितरण गरेको कार्यालयले स्वर्गद्वारी अपडेटलाई जानकारी दिएको छ।  

रिप्लाई गर्नुहोस

You cannot copy content of this page