फागुन १० गते २०८०
06:08: AM
फागुन १० गते २०८०
06:08: AM

प्रदेश १ को नाम ‘कोशी’ कायम

फागुन १८ गते २०७९
6:37 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान ।  प्रदेश १ को 'कोशी' कायम भएको छ । प्रदेश सभाको आज बुधवार बसेको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामकरण गरेको हो । योसँगै प्रदेश संरचना कार्यान्वयनमा आएको ५ वर्षपछि प्रदेशले नाम पाएको हो ।प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२, विपक्षमा चार मत परेको हो । मतदान प्रक्रियामा छ जना सांसद अनुपस्थित थिए ।नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो ।प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका थिए ।
  

रिप्लाई गर्नुहोस

You cannot copy content of this page