फागुन १० गते २०८०
06:42: AM
फागुन १० गते २०८०
06:42: AM

राष्ट्रिय मगर दिवसका अवसरमा प्युठानका दुई स्थानियले दिए सार्वजनिक विदा

फागुन १५ गते २०७९
7:06 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्यूठान ।राष्ट्रिय मगर दिवसको अवसरमा प्यूठान जिल्लाका दुई स्थानिय तहले सार्वजनिक विदा दिएका छन । विगतका वर्षहरु देखि नै जिल्लाको सरुमारानी गाउपालिकाले मगर दिवसको अवसरमा विदा दिदै आईरहेको हुदा यसपालि पनि सार्वजनिक विदा दिएको पालिकाका अध्यक्ष झग वहादुर विश्वक्रमाले जानकारी दिए । त्यस्तै जिल्लाको ऐरावति गाउपालिकाले पनि विदा दिएको छ । गत २०७९ माघ २६गते गाउ कार्यपालिकाको निर्णय अनुसार फागुन १५ गते सोमवार अर्थात ४१औं राष्ट्रिय मगर दिवसका अवसरमा गाउपालिका भित्रका सम्पुर्ण स्वास्थ्य संस्था , विद्यालय , वडा कार्यलय , गाउपालिका कार्यलय लगायत सम्पुर्ण सरकारी तथा वितिय संघ संस्थाहरुलाई सार्वजनिक विदा दिएको ऐरावति गाउपालिकाका अध्यक्ष नबिल विक्रम शाहले जानकारी दिनु भएको छ । दुवै पालिकाको क्षेत्रमा जनजातिको बाहुल्यता रहेको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page